Press-Release-768x644

Press Release – Team Nepal, International Robot Olympics FIRST Global Challenge 2018

रोबोटिक्स एशोसिएसन अफ नेपाल मुनाफा रहित गैर सरकारी संस्था जुन २०१० ई.स. मा नेपालमा रोबोटिक्स र अटोमेसन विकासको लागि स्थापित भएको थियो । स्थापना कालदेखि नै रोबोटिक्स एशोसिएसनले नेपालको ईन्जिनियर, आई.टि प्रोफेसनल तथा विद्यार्थीको सिप, क्षमता, शृजनशिलता र नविनतालाई प्रोत्साहन गर्दै रोबोटिक्सको विकासको निम्ति विभिन्न कार्यक्रम गर्दै आएको छ । रोबोटिक्स एशोसिएसन अफ नेपाल र नेपाल ईन्जिनियर्स एशोसिएसन विगत केहि वर्षदेखि सहकार्य गर्दै आएको छ । नेपाल ईन्जिनियर्स एशोसिएसनको सहयोगमा नै रोबोटिक्स एशोसिएसनले नासा इन्टरनेसनल स्पेस एप २०१७ , मिस टेक २०१७ र यन्त्र ६.० कला, प्रविधि तथा विज्ञान सम्पन्न गर्न सफल भएको थियो ।

रोबोटिक्स एशोसिएसनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सहकार्य गर्दै आएको छ । FIRST Global, रोबोटिक्स एशोसिएसन अफ नेपाल तथा नेपाल ईन्जिनियर्स एशोसिएसनको सहकार्यमा FIRST Global ले मेक्सिकोमा आयोजना गर्न लागेको International Robot Olympics – FIRST Global Challenge मा नेपालले प्रथम पटक प्रतिस्पर्धा गर्दैछ । यस प्रतियोगितामा शिशिर बिश्वकर्मा, पृथ्वी चौधरी, सजिन श्रेष्ठ र सार्थक सेन प्रतिस्पर्धा गर्दै छन् । १४ देखि १८ वर्ष सम्मका विद्यार्थीले मात्र भाग लिन पाउने यस ओलम्पिकमा टिम नेपाललाई निर्देशन रोबोटिक्स एशोसिएसन अफ नेपालका सचिव श्री बिनोद कँडेलले गर्दै हुनुहुन्छ र श्रावण २९ गतेदेखि भाद्र २ गते १६९ राष्ट्रका प्रतिस्पर्धीसँग नेपालले आफ्नो प्रतिभा विश्वको सामू देखाउनेछ । श्रावण २६ गतेनै नेपालको टिम नेपालबाट मेक्सिकोका लागि प्रस्थान गर्दैछ र आयोजकहरुसँग भेटघाट गर्ने छ , आयोजकहरुले सबै प्रतियोगीलाई प्रतियोगिताको नियमहरूको बारेमा जानकारी प्रदान गर्ने छन् ।

प्रतियोगिताको सबै तयारी पुरा भईसकेको छ । सबै प्रतिस्पर्धीहरू शारीरिक तथा मानसिक रुपमा तयार भइसकेका छन् । प्रतिस्पर्धाको लागि चाहिने रोबोट १५ दिन अघि नै तयार भइसकेको छ । अहिले टिम नेपाल प्रतिस्पर्धामा दिइएको कामहरू पुरा गर्न अभ्यासमा व्यस्त रहेको छ । टिम नेपाल प्रतिस्पर्धामा राम्रो स्थान हासिल गर्नेमा ढुक्क राखेको छ अहिलेको हाम्रो लक्ष्य तेश्रो स्थान हासिल गर्ने रहेको छ | हाल प्रतिस्पर्धामा जना लागेको टिमले नेपालको हरेक प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्दै आएको छ , त्यसैले ओलम्पिकमा पनि राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छ । यस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने संलग्नताले नेपालको रोबोटिक्सको स्तर बढाउने रोबोटिक्स एसोसिएसन अफ नेपालको ठहर रहेको छ र आगामी दिनमा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले प्रतिष्पर्धा गर्न एसोसिएसनले पहल गरिराख्ने छ र नेपालमा उपयोगी रोबोटहरुको विकास गर्न अग्रसर रहनेछ ।

रोबोटिक्स एशोसिएसन अफ नेपालले अन्तर्राष्ट्रिय स्तरको रोबोटिक्स प्रतियोगिता यन्त्र कला, विज्ञान र प्रविधि महोत्सवबाट विगत ८ वर्ष देखि गर्दै आएको छ । रोबोटिक्स प्रतियोगितामा ड्रोन रेसिङ, रोबोट फाईट [ अटोमेटिक तथा म्यानुअल ], रोबोट फूटबल तथा दैनिक जीवनमा प्रयोग गर्ने रोबोटको प्रतियोगिता गर्दै आएको छ । यिनै प्रतियोगिताबाट नेपालमा रोबोटिक्स ईन्जीनियरहरुमा पैदा गरिरहेको छ । ईमेज प्रोसेसिङ गर्न सकिने रोबोट , रिमोट कन्ट्रोल रोबोट , डिस्ट्रक्सन गर्न सक्ने रोबोट , स्वचालित रोबोटहरू नेपाली रोबोट ईन्जिनियर आफै बनाउन सक्ने भैसकेको छन् । यी प्रतियोगितामा स्कुलका बिद्यार्थी देखि लिएर ईन्जिनीयरिङ पढिराखेको ३०० जना भन्दा बढि बिधार्थीहरुले बार्षिक रुपमा सहभागिता जनाउदै आएका छन् । मानब र मेसिन भन्ने नाराका साथ रोबोटिक्स एशोसिएसनले सन् २०१० देखि आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

नेपालका ईन्जिनियर तथा आई .टि प्रोफेसनलको करिअर विकासको निम्ति तालिम , वर्कसप , प्रतिस्पर्धा, यन्त्र कला, विज्ञान र प्रविधि महोत्सव , मिस टेक , नासा स्पेस एप च्यालेन्ज , उज्ज्वल एजुकेसन , अनुसन्धान तथा बिभाग शाखाबाट निस्किने नविनतम खोजहरु एशोसिएसनको आगामी मुख्य कार्यक्रमहरु रहेको छ ।

आगामी पुस महिनामा रोबोटिक्स एशोसिएसन अफ नेपालले यन्त्र कार्यक्रम अन्तर्गत अन्तर्रास्ट्रिय रोबोटिक्स प्रतियोगिता आयोजना, मेन इभेन्ट , यन्त्र म्यानुअल अखडा, यन्त्र अटोमेटिक अखडा, यन्त्र रेसर र यन्त्र राष्ट्रिय लिग गरी ५ विधा रहेको यस अन्तर्राष्ट्रियस्तर प्रतियोगितामा दक्षिण एसिया लगायत यूरोपियन र अमेरिकी राष्ट्र गरि ७० ओटा ईन्जिनियरिङ र उच्च माध्यमिक विद्यालयका विद्यार्थी समूहको उत्साहाजनक सहभागिता रहने आशा गरिएको छ ।

राष्ट्रिय रोबोटिक्स प्रतियोगिताको रुपमा यन्त्र २०१२ देखि सुरु भएको यस महोत्सबलाई कलाकार, डाक्टर, ईन्जिनियर तथा विद्यार्थीहरुको सम्मेलन गर्ने मञ्च बनाएका छौँ । यस बर्ष यन्त्र ७.० “ द फ्युचर ”को नारा दिएर अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता, श्रीजनशील कम्प्युटिङ, कला प्रविधि प्रदर्शनी , यन्त्र लर्निंङ, यन्त्र इन्कुबेसन र यन्त्र किड्स आयोजना हुदैंछ, पूरा कार्यक्रम तीन हप्तासम्म लामो हुनेछ ।

[embedyt] https://www.youtube.com/watch?v=wFsXAxW_7NY[/embedyt][embedyt] https://www.youtube.com/watch?v=XZr3tv340Ls[/embedyt][embedyt] https://www.youtube.com/watch?v=rB3IKVPIMQI[/embedyt][embedyt] https://www.youtube.com/watch?v=NEZdY-77Q8I[/embedyt]

के हो रोबोटिक्स एशोसिएसन अफ नेपाल?

रोबोटिक्स एशोसिएसन अफ नेपाल २०१० मा स्थापना भएको एक गैर सरकारी संस्था हो । रोबोटिक्सको क्षेत्रमा सिक्ने र सिकाउने साझा चौतारी बनाउनु र रोबोटिक्सको संस्कृतिको विकास गर्नु यो संस्थाको प्रमुख उदेश्य हो । उल्लेखीत उदेस्य प्राप्तिको लागि निम्न कार्यदिशा तय गरेका छौँ ।

नेपालमा रोबोटिक्सको क्षेत्रमा हुने सबैखाले कार्यहरुलाई प्रोत्साहन गर्ने ।
रोबोटिक्समा गहीरो रुची भएका विद्यार्थीहरुलाई सहयोग गर्ने ।
नेपालमा हुने सबैखाले रोबोटिक्स क्रियाकलापमा सहकार्य गर्ने ।
रोबोटिक्सको क्षेत्रमा भएका कार्यहरुको लेखा राखी त्यस्ता कार्यपत्रहरु संकलन गर्ने ।
रोबोटिक्स तथा विज्ञान र प्रविधिको सूचना अदान प्रदान गर्ने माध्यमको रुपमा काम गर्ने ।
रोबोटिक्स सम्बन्धित गोष्ठि, वर्कशप, तालिम, कार्यपत्र प्रस्तुति आदि आयोजना गर्ने ।
नेपालमा हुने रोबोटिक्स सम्बन्धि कार्य तथा अनुसन्धानमा हरसम्भव तरिकाले सहयोग गर्ने ।
रोबोटिक्स सम्बन्धित अन्तर्राष्ट्रिय गतिबिधिहरुमा नेपालको प्रतिनिधित्व गर्ने ।
रोबोटिक्स सम्बन्धि कार्ययोजना र नियमकानुन बनाउन सहयोग गर्ने ।

माथि उल्लेखित कार्यदिशालाई सफल बनाउन यस एशोसिएसनले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । जसमध्य तल उल्लेखित कार्यक्रमहरु भब्य तरिकाले सम्पन्न भइसकेका छन् ।

रोबोटिक्स एशोसिएसन अफ नेपालले गरेका कामहरु :

बि.सं २०११- बि. सं २०१८ :

प्रतियोगिताहरु :

यन्त्र १.० – ६.० कला, विज्ञान र प्रविधि महोत्सव सम्पन्न गर्न सफल ;
हरेक वर्ष यन्त्र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रोबोटिक्स प्रतियोगिता सम्पन्न ;
ह्याक द क्वेक, भुकम्पबाट बच्नको लागि धारणा प्रस्तुत गर्ने प्रतियोगिता;
मिस टेक २०१६ -२०१७, अमेरिकी राजदुतावास , अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र, नेपाल दुरसञ्चार प्राधिकरणसंगको सहकार्यमा सम्पन्न;
डेरीमेकर कोड + डिजाईन च्यालेन्ज सम्पन्न, वर्ल्ड बैंक तथा माइक्रोसफ्टको सहयोगमा सम्पन्न;
नासा अन्तर्रास्ट्रिय स्पेस एप च्यालेन्ज काठमाडौँ सम्पन्न, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र तथा मर्सिकोर र नेपाल ईन्जिनियर्स एशोसिएसनसंगको सहकार्यमा सम्पन्न;
ड्रोन याज ए सर्भिस , बिजनेस इन्कुबेसन प्रोग्राम सम्पन्न , नेपाल ईन्जिनियर्स एशोसिएसन तथा वुइ रोबोटिक्स (We Robotics) सँगको सहकार्यमा सम्पन्न;
यन्त्र इ – जी .आर. सी. टेककृति, आई .आई. टि. कानपुरसँगको सहकार्यमा सफलता पुर्वक गर्न सफल;
पोखरा र बिराटनगरमा क्षेत्रीयस्तरको रोबोटिक्स तालिम तथा प्रतियोगिता गराउन सफल;
मेड इन नेपाल एक्स्पोमा रोबोटिक्स प्रतियोगिता सम्पन्न गर्न सफल;

प्रदर्शनी तथा कार्यक्रमहरु:

एड्भान्सेज इन कम्प्युटर इन्टरटेनमेन्ट २०१२, टोक्यो विश्वबिद्यालयको सहकार्यमा गर्न सफल;
काठमाडौँ मिनि मेकर फेएर २०१६, अमेरिकी राजदुतावास , नेपाल कम्युनिटर , वर्ल्ड भिजन सँगको सहकार्यमा गर्न सफल;
भविष्य २०७४, विज्ञान तथा प्रविधि मन्त्रालय , कारखाना , वर्ल्ड भिजन, नास्ट तथा नेपाल आर्मीसँगको सहकार्यमा गराउन सफल;

तालिमहरु :

अमेरिकी राजदुतावाससँगको सहकार्यमा ७ जिल्ला (काठमाण्डौ, पोखरा , इलाम, बिराटनगर , धनगडी, सुर्खेत, भैरहवा ) मा पाँच दिने हार्डवेयर, सफ्टवेयर तथा विजनेस सम्बन्धि तालिम सम्पन्न;
नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा गर्ल्स क्यान फ्लाई सम्पन्न;
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रसँगको सहकार्यमा ८५+ जना ईन्जिनियर, आइ.टि, वन विज्ञान, कृषि , वातावरणका छात्राहरुलाई ‘Empowering Women In GIT’ ४ दिने कार्यक्रम गर्न सफल;
एरो स्पेस ईन्डियासँगको सहकार्यमा आर. सी एरोप्लेन वर्कसप गर्न सफल;
गो गर्ल्स वर्कसप (५ ओटा संस्करण) गर्न सफल;
हरेक वर्ष देश ब्यापी हार्डवयेर प्रोगरामिङ वर्कसप सम्पन्न;
३ डी प्रिन्टिङ्ग वर्कसप;
ड्रोन वर्कसप र अन्य;

भुकुम्पको बेलामा गरिएको कार्य:

लाईट अफ होप : सोलार तालिम तथा वितरण कार्यक्रम सम्पन्न ( ४२० ओटा सोलार सिस्टम ७ ओटा भूकम्प प्रभावित जिल्लामा वितरण )

प्रोजेक्टहरु :

बाढी जानु अघि अलार्म दिने प्रणाली मर्सीकोर सँगको सहकार्यमा बनाउन सफल;
स्विस कन्ट्याक्ट तथा डेवलपमेन्ट भोएज सँगको सहकार्यमा स्वचालित डी हस्किङ्ग मेसिन बनाउन सफल;
विदेशी विनिमय डिस्प्ले गर्ने इलेक्ट्रोनिक मेसिन बनाउन सफल;
ट्यांकीमा पानीको मात्रा पत्ता लगाउने मेसिन बनाउन सफल;
मौसमको गतिबिधि तथा त्यसको बारे सूचना दिने सिस्टम बनाउन सफल;
यु.एन.डि.पि. सँगको सहयोगमा प्लास्टिक पुनर्नवीनीकरण प्रोजेक्ट गर्दै;

सहकार्यहरु :

यु.एन.डि.पि.सँगको सहकार्यमा नेपालमा ‘Technology for Public Services and Development’ कार्यक्रम गर्न सफल; विश्वको पहिलो नागरिकता प्राप्त गर्ने रोबोट सोफिया लाई नेपालमा ल्याउन सफल;
अन्तरप्रेरणासँगको सहकार्यमा क्रिएटिभ विजनेस कप गर्दै;
अमेरिकी राजदुतावास, क्युस्ठब कोव , कारखाना र सिर्जनालयको सहकार्यमा ‘इन्नोभेसन फर एजुकेशन’ फेएर गर्न सफल;
तमासेक होल्डीङ्गसले भारतमा गर्न लागेको ‘IOT India’ मा नेपालबाट कन्ट्री पार्टनर बन्न सफल;

अन्य :

हरेक वर्ष नेपालभरि ५० भन्दा बडी सदस्यहरु बनाउन सफल;
बिभिन्न ईन्जिनीयरिङ’ कलेजमा रोबोटिक्स क्लबको स्थापना;
कलेजस्तरीय हार्डवेयर प्रदर्शनी सहकार्य सम्पन्न ( आई. ओ . ई , पुल्चोक , एडभान्सड ईन्जिनीयरिङ कलेज , हिमालयन कलेज अफ ईन्जिनीयरिङ, के. ई.सी धापाखेल , के. ई.सी कालिमाटी )
नाडा अटो शोमा नेपालमै बनेको रोबोटको प्रदर्शनी ;
एसएलसी तथा प्लस टू दिएका विद्यार्थीहरुलाई एल टू एल कक्षा सञ्चालन;

Tags: No tags

Add a Comment

Your email address will not be published. Required fields are marked *